देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो
काठमाडौँ, १८ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
जसमा ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जना छन् । चितवनमा ५५ वर्षीया, बाँकेमा २५ वर्षीया, कञ्चनपुरमा २९ वर्षीया महिला, मकवानपुरमा ५ दिने बालिका, काठमाडौंमा ५५ वर्षीय, ललितपुरमा ७७ वर्षीय र बाँकेमा ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ३२९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९रहेको छ ।
सम्पर्क इमेल : [email protected]