स्वास्थ्य मन्त्री ढकाल भन्छन्, ‘तत्काल लकडाउन गर्ने योजना छैन’

800
Shares

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको कारण तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका छन् । तर उनले कोरोनाको जोखिम हटि नसकेको भन्दै स्वास्थ्य सुरक्षा र सावधानी अपनाई दैनिक व्यवहार क्रियाकलाप गर्न सबैसंग आग्रह गरेका छन् ।

लकडाउन हुने भन्ने हल्ला चलेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलकाका प्रतिनिधिहरु आज स्वास्थ्य मन्त्री ढकाललाई भेटन पुगेका थिए । उनीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको बताएका थिए ।

सो अवसरमा मन्त्री ढकालले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताएका थिए । उनले  मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनुपर्ने बताए ।

पछिल्ला दिनमा उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

अहिलेसम्म ७९ हजार ७२८ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये ५७ हजार ३८९ जना संक्रमण मुक्त भएका छन् । ५०९ जनाको मृत्यु भएको छ । बाँकी २१ हजार ८३० जना हाल पनि संक्रमितकै अवस्था (संक्रीय संक्रमित) मा रहेका छन् ।

यसअघि मन्त्रालयले देशभर २५ हजार बढी संक्रीय संक्रमित रहेमा पुन लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *