सरकारले डा. केसीलाई सोध्यो, ‘सत्याग्रह गर्न यो समय उपयुक्त हो र ?’

220
Shares

काठमाडौँ, १५ असोज । सरकारले डा गोविन्द केसीलाई आफ्नो अनसन स्थगित गर्न आग्रह गरेको छ । मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सो आग्रह गरेका हुन् । उनले डा केसीलाई अनसन स्थगित गरी कोरोनाविरुद्धको अभियानमा जुटन समेत अनुरोध गरेका छन् ।

‘डा केसीले विगत देखि उठाएका अधिकांश माग पुरा भएर कार्यान्वयनमा गईसकेको छ । कतिपय कार्यान्वयनमा जाने क्रममा छ । कार्यान्वयन नभएका केही छ भने त्यसलाई बसेर टुंग्याउन पनि सकिन्छ । दोस्रो कुरा अहिले देशमा कोरोना माहामारी छ । यो बेलामा अनसन बस्ने उपयुक्त समय हो र ? पक्कै होइन,’ मन्त्री ज्ञवालीले अगाडी थपे, ‘त्यसैले डा केसीलाई मेरो आग्रह अनसन स्थगित गनुहोस् ।’

पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरु के के भने ? 

पहिलो,

  • डा केसीले विगत देखि उठाएका अधिकांश माग पुरा भएर कार्यान्वयनमा गईसकेको छ । कतिपय कार्यान्वयनमा जाने क्रममा छ । हामीले चिकित्सा शिक्षा सम्वन्धी ऐन बनायौँ । त्यसको आधारमा आयोग बनायौँ । आयोगले काम गरिसकेको अवस्था छ । त्यसको नियमावली बनायौँ । त्यसको आधारमा गत आर्थिक बर्षमा हामीले ७५ प्रतिशत सिटमा छात्रबृत्ति दिने व्यवस्था कार्यान्वयनमै ल्यायौँ ।
  • सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरु स्थापना गर्नुपर्छ भन्ने माग पनि कार्यान्वयन भइसकेको छ । वा हुने क्रममा रहेको छ । प्रदेश नं १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छँदैछ । प्रदेश नं २ मा दुईवटा मेडिकल कलेज खुल्दैछ । रामराजाप्रसाद सिंह स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा र बर्दिवासमा अर्को निर्माणाधिन अवस्थामा छ । बागमती प्रदेशमा पहिले नै प्रयाप्त छ । त्यसैले आवश्यकता भएन । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालमा आएको छ ।
  • प्रदेश नं ५ मा बुटवलमा नयाँ मेडिकल कलेज खुल्दैछ । उता दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलिसकेको छ । कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको अवस्था छ । धनगढीमा गेटा कलेज निर्माणको अन्तिम चरणमा छ । पूर्वाधार सम्पन्न भईसकेपछि यी सबै कलेजहरु पूर्णरुपमा सञ्चालनमा आउनेछन् । त्यसैले यसका लागि थप दवाव दिइरख्नु आवश्यक छैन ।
  • अन्य विषयमा पनि सरकारले भ्याएसम्म साधन स्रोतले भ्याएसम्म हरसम्भव प्रयत्न गरिरहेको छ ।
  • पीसीआरको टेष्ट बढाउनु परयो भन्ने कुरामा पनि हामीले १० लाख ३५ हजार बढीको परीक्षण गरिसकेका छौँ र यो परीक्षण बढाउँदै अघि बढेका छौँ ।

दोस्रो,

  • देश यस्तो संकटमा छ । यहि कोरोनाबाट जनतालाई जोगाउने काममा खटिदै गर्दा आज मात्रै हामीले एक जना चिकित्सकलाई गुमाउन पुगेका छौँ । एकातिर चिकित्साहरु स्वास्थ्यकर्मी हरु सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई जोगाउन कसरी सकिन्छ भनेर लागि राख्नु भएको छ । यो असामान्य अवस्थामा अनसन सत्याग्रह धर्ना हडताल, यो बेला सुहाउँदो होर ? पक्कै पनि होइन । केही विषय बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ ।
  • नेपाल सरकारको तर्फबाट मेर उहाँलाई आग्रह छ उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनसनलाई फिर्ता लिएर हामी सबै कोभिड – १९ विरुद्धको लडाईमा जोडिऔँ । जनतालाई यो मामारीबाट जोगाउँ । बाँकी कुरा त हामी समयक्रममा छलफल गर्दै जान सक्छौँ । 
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *