गण्डकी प्रदेशमा थपिए ३० जना कोरोना संक्रमित

176
Shares


पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका १६, स्याङ्जाका ३, वागलुङका ६ र नवलपरासीका ५ जना छन् ।

बाग्लुङ निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष, वार्ड नं. ३ का ४८ बर्षीय पुरुष, वार्ड नं. १७ का ४५ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएका हुन् भने पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत हुन् ।

अन्य सबैजना contact tracing बाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९४० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *