दश प्रतिशत नेपालीले दाँत माझ्दैनन् !

544
Shares

काठमाडौँ, १५ असोज । दाँत तथा मुख स्वस्थ राख्न सकेसम्म विहान बेलुका ब्रस गर्नुपर्छ नभए दिनमा एकपटक त गर्नै पर्छ । आम सर्वसाधारणलाई उहिल्यै देखि नै स्वास्थ्यकर्मीहरुले यसरी नै सल्लाह दिने गरेका छन् । तर नेपालमा अहिले पनि १० प्रतिशत मानिसहरुले दिनमा एक पटक पनि दाँत सफा गर्दैनन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार सार्वजनिक गरेका नसर्ने रोग सम्वनधी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण)ले यस्तो देखाएको हो ।

देशभरका १५ देखि ५९ बर्ष उमेर समूहका ५ हजार ५९३ जना व्यक्तिहरुमा गरिएको सर्वेक्षणमा ८९.९ प्रतिशत व्यक्तिहरुले मात्रै दिनमा एक पटक वा सो भन्दा बढी पटक दाँत सफा गर्ने बताएका थिए । त्यसमा केही बढी पुरुषद (९० प्रतिशत) र थोरै कम (८९.९ प्रतिशत)महिलाले गर्ने गरेका छन् ।

सर्वेक्षणमा १४.३ प्रतिशत व्यक्तिहरुले दाँत मुख वा गिजाको समस्या ( दुख्ने, सुन्निने, रगत आउने वा असजिलो हुन ) बताएका थिए । त्यसमध्ये बढी समस्या महिलामा (१७ प्रतिशत) र पुरुषमा ११.४ प्रतिशत पुरुषमा रहेको पाइएको छ ।

यस्तै सर्वेक्षणले ९७ प्रतिशत व्यक्तिले बर्षदिनमा पनि दन्त चिकित्सकसंग स्वास्थ्य जाँच नगरेको देखाएको छ । विगत १२ महिनामा दन्त चिकित्सकसंग स्वास्थ्य जाँच गर्नेको प्रतिशत २.८ प्रतिशत रहेको छ ।

यसमा स्वास्थ्य जाँच नगराउनेमा पुरुष बढी छन् । पुरुषहरु १.५ प्रतिशतले मात्रै एक बर्ष भित्रमा दाँत स्वास्थ्यको जाँच गराएका छन् । जवकी ९.३ प्रतिशत महिलाले बर्ष दिन भित्र दाँत स्वास्थ्यको जाँच गराएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *