धरानमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
धरान, १५ असोज । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राती थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । इटहरी नगरपालिका ६ सुनसरीका ५५ बर्षीय पुरुषको बुधबार राती ९ :४५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार बिराटनगरस्थित बिराट मेडिकल कलेजबाट रिफर लिई आएको केही क्षणमै संक्रमित व्यक्तिको मृत्यु भएको थियो ।
‘बुधबार दिउसो कोभिड १९ पोजेटिभ हुँदा बिरामीको अवस्था गम्भीर भइसकेको थियो । बिराटले बुधबार राती संक्रमण पुष्टि भएको पुरुषलाई धरानस्थित प्रतिष्ठानको कोभिड अस्थायी अस्पतालका लागि रिफर गरेको थियो । राती ८ :३० मा अस्पताल ल्याई पुरयाउँदा अवस्था एकदमै गम्भीर भएको थियो । १५ मिनेटमै ज्यान गयो,’ डा सापकोटाले भने ।
मृत्यु भएका संक्रमित व्यक्तिमा पहिले देखि दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]