राष्ट्रिय चिकित्सक संघ नेपालका महासचिव डा. रमेश ढकाललाई कोरोना संक्रमण
काठमाडौँ, १२ असोज । राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)का महासचिव एवं शंकारापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकाल कोरोना संक्रमणमा परेका छन् । आइतबार गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । डा ढकाल अहिले होम आइसोलेसनमा छन् ।
डा ढकालले आफूलाई चार पाँच दिन अघि देखि ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएपछि होम क्वारेन्टिनमा बसी पीसीआर जाँच गराएको र आइतबार आएको रिपोर्टमा कोभिड – १९ पोजेटिभ आएको जानकारी दिए ।
‘म लक्षण देखिनासाथ होम क्वारेन्टिन थिएँ । रिपोर्ट पोजेटिभ आएपछि पनि होम आइसोलेसनमा रहेको छु,’ उनले भने ।
अस्पतालमा कोभिड नन् कोभिड विरामीको स्वास्थ्य परीक्षण व्यवस्थापन आदिमा खटिदा संक्रमण भएको हुनसक्ने उनको अनुमान छ ।
‘कसरी कहाँबाट सरयो त्यो थाह छैन् । अहिले हामी कोरोना संक्रमणको जोखिमयुक्त समूहमा छौँ । त्यसैले लक्षण देखानासाथ होम क्वारेन्टिन र परीक्षण पछि होम आइसोलेसनमा बसेको छु । स्वास्थ्यअवस्था विस्तारै सुधार हुँदै गएको छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

