पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कास्की, २७ भदौ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचररत थप एक जना कोरोना संक्रमितको शनिबार विहान मृत्यु भएको छ । स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका – १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान ६ : ३२ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यका अनुसार आज मृत्यु भएका व्यक्ति गत २४ भदौमा कोरोना संक्रमण भई आइसीयूमा उपचाररत थिए ।

यो संगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *