भेरी अस्पतालमा ७२ श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन


नेपालगञ्ज, २५ भदौ । यहास्थित भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरे। त्यस अवसरमा प्रदेशसभा सदस्य आइपी खरेल र विजय यादवको पनि उपस्थिति थियो ।

त्यस अवसरमा मन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग खोजेको उल्लेख गर्दै यो महामारीसँग लड्न हरसम्भव प्रयास गरिने बताए । सो कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ श्यया रहेको छ । निकट भविष्यमै अस्पताललाई १०० श्ययाको बनाइने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा श्यया अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको थियो । सोही निर्णयानुसार प्रदेश सरकार र यहाँका सङ्घ–सस्थालगायतको सहयोगमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । खजुरास्थित क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि विकास केन्द्र पिपरीलाई आइसोलेशन सेन्टर बनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *