काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधीमा काठमाडौँमा ३०० जना, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणदर अझ पनि नघटेकोले सचेत भई सावधानी अपनाउन आम सर्वसाधारणसंग आग्रह गरेका छन् ।

पछिल्लो चौविस घण्टामा १० हजार ६११ जनाको पीसीआर गर्दा ९०२ जनाको पोजेटिभ आएको छ । यहि अवधीमा २ हजार २८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *