गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित
काठमाडौँ, १२ भदौ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टी भएको हो ।
जसमा ४ जिल्ला लमजुङका २ जना, तनहुँका ४ जना, कास्कीका ३ जना र नवलपरासीका ८ जना रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार २२ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६७२ रहेको छ । भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]