देशभर एकै दिन थपिए १ हजार १११ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५ हजार ५२९

 

काठमाडौँ, ११ भदौ । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ६२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो अहिलेसम्मकै धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार १११जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ५६९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार ७३  सय पुगेको छ ।

त्यसैगरी संक्रमित सून्य रहेका जिल्ला २ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला ९ वटा छन् ।

देशभरका क्वारेनटिनमा ९ हजार ४८८ जना रहेका छन् । होम क्यारेनटिनमा ६ हजार २१०रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ६३ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *