मन्त्रालय तानिएको अढाई महिना पछि प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जिम्मेवारी पाए
काठमाडौँ, ११ भदौ । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिना पछि जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन् । उनलाई कोभिड १९ समेत हेर्ने गरी जिम्मेवारी तोकिएको सहसचिव रघुराम विष्टले जानकारी दिए ।
यसअघि यो जिम्मेवारी पनि अर्का प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सम्हाल्दै आएका थिए । अब डा पोखरेलको भागमा स्वास्थ्य समन्वय र जनशसंख्या महाशाखाको जिम्मेवारी रहेको छ ।
यसअघि श्रेष्ठ विभागमा हुँदा मन्त्रालयमा प्रमुख विशेषज्ञद्धय पोखरेल र डा दीपेन्द्ररमण सिंहले जिम्मेवारी बाँढिएको थियो ।
मन्त्रालय तानिईसकेपछि श्रेष्ठलाई भने अहिलेसम्म सीसीएमसीमात्रै हेर्न भनिएको थियो । श्रेष्ठ गत २२ जेठमा मन्त्रालय तानिएका थिए ।
सम्पर्क इमेल : [email protected]