स्वास्थ्य ब्यावसायी परिषद्ले अनलाइनबाटै उपलव्ध गरायो आवेदकलाई लाइसेन्स नम्बर
काठमाडौँ, ९ भदौ । नेपाल स्वास्थ्य व्यावसायी परिषद्ले आफूकहाँबाट जारी हुने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) लिन दरखास्त हालेका विद्यार्थीहरुलाई अनलाइनबाटै लाइसेन्स नम्बर उपलव्ध गराएको छ ।
परिषद्को सोमबार बसेको बैठकले कोभिड – १९ को कारणले नाम दर्ता (लाइसेन्स) प्रमाणपत्र लिन आउन सम्भव नभएको भन्दै लाइसेन्स नम्बर अनलाइनबाटै उपलव्ध गराउने निर्णय गरेको हो ।
रजिष्ट्रार पुष्पराज खनालले प्रमाणपत्र स्थति सहज भएपछि आएर लैजान सक्ने तर अहिले काम चलाउनका लागि लाइसेन्स नम्बर अनलाइनबाटै उपलव्ध गराएको बताए । ‘अब यो नम्बर पाएपछि काम गर्न बाधा परेन् । कोभिड – १९ को अवस्था सहज भएपछि विस्तारै प्रमाणपत्र लिन आए भैहाल्यो,’ रजिष्ट्रार खनालले भने ।
परिषदले स्वास्थ्यका विभिन्न ३२ विधाको लाइसेन्स जारी गर्दछ । यसपटक भने विद्यार्थीहरुले आवेदन हालेको विभिन्न १३ विधामा विद्यार्थीहरुलाई लाईसेन्स उपलव्ध गराएको छ ।
यसपटक लाइसेन्सका लागि एक हजार बढीको आवेदन परेको उनले बताए ।
लाइसेन्स को कोले पाए ?
यहाँ क्लिक गरी हेर्नुहोस्
सम्पर्क इमेल : [email protected]