स्वास्थ्य मन्त्रालयको एचईओसीमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण

काठमाडौँ, ७ भदौ । स्वास्थ्य मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर (एचईओसी)मा प्राविधिक सहयोगका लागि खटिएका विश्व स्वास्थ्य संगठनका एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ ।

आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनमा कोभिड -१९को संक्रमण देखिएको हो । उनमा संक्रमण देखिएपछि एचईओसीमा रहेर काम गर्ने मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीसहित दर्जन बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।

कोभिड – १९ नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का प्रमुख डा गुणराज लोहनीले प्राविधिक सहयोग गर्न विश्व स्वास्थ्य संगठनको तर्फबाट खटिएका एक जना चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि गरे । उनले संक्रमणपछि प्राइमरी कन्ट्याक्टमा रहेका एचईओसीको भवनमा रहेर काम गर्ने करीब दर्जन बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेको बताए ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य सचिव अर्याल नियमित काममा
यसैबीच आफ्ना सवारी चालकमा कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टिनमा बसेका स्वास्थ्य सचिव लक्ष्मण अर्याल आजबाट मन्त्रालयको नियमित काममा फर्केका छन् । एक साता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि आजैबाट मन्त्रालयको नियमित काममा फर्केका हुन् ।

पछिल्ला दिनमा मन्त्रालयमा केही कार्यालय सहयोगी र सवारी चालकमा संक्रमण देखिदा राज्यमन्त्री नवराज रावत सहितका कतिपय स्वास्थ्यका अधिकारीहरु समेत क्वारेन्टिनमा बसेका थिए । उनीहरु पनि अहिले नियमित रुपमा काममा फर्केका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *