शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, ७ भदौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका लागि लगिएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मिर्गौला फेल भएका ५४ बर्षिय पुरुषको आज दिउसो प्रत्यारोपण केन्द्रमा पुर्याउना साथ ज्यान गएको निर्देशक डा प्रेमराज ज्ञवालीले बताए ।
बुटवलका ती संक्रमितलाई परिवारले डायलासिस नगरी काठमाडौँ ल्याएको थियो ।
शुरुमा पाटन अस्पताल लगेपछि पाटनले प्रत्यारोपण केन्द्र भक्तपुर रिफर गरेको थियो ।
‘मिर्गौला फेल भएको रहेछ । डायलासिस गर्नका लागि तयारी गर्दा गर्दै ज्यान गयो,’ डा ज्ञवालीले भने ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १५० पुगेकोछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]