गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित
काठमाडौँ, ७ भदौ । गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका ४ जना नवलपरासीका ६ जना र गोरखाका १ जना रहेका छन् । जसमा ६ जना महिला र ५ जना पुरुष छन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८७९ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६११ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]