कोरोना संक्रमणबाट एकैदिन थप ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो


काठमाडौँ, ५ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमले देशभर १ महिला र १० जना पुरुष गरी थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको बताए । जसमा काठमाडौँ, मोरङ, पर्सा, बारा सप्तरी, चितवन, मकवानपुर, सर्लाही, ललितपुर, दोलखा र प्युठान जिल्लाका हुन्

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या २५० रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *