बिकेन्द्रीकृत ढंगबाट चिकित्सकको लाइसेन्स परीक्षा लिने योजनामा काउन्सिल

काठमाडौँ, १ भदौ । नेपाल मेडिकल काउन्सिलले आगामी ७ भदौका लागि तय गरेको चिकित्सक लाइसेन्स परीक्षा विकेन्द्रीकृत गर्ने योजना अघि सारेको छ ।

काउन्सिलले आज सूचना जारी गर्दै परीक्षार्थीहरुलाई आफ्नो विवरण ३ भदौ भित्र पठाउन अनुरोध गरेको छ । काउन्सिलले उपलव्ध गराएको गुगल फारममा नाम, इमेल, हाल बसोबास गरिरहेको जिल्ला, ७ गते देखि हुने परीक्षा दिन पायक पर्ने जिल्ला, नागरिकता जारी भएको जिल्ला, रोल नं र सम्पर्क मोवाइल नम्बर भर्न भनिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षाकेन्द्र ‘डिसेन्ट्रलाइज्ड’ गर्ने योजना अनुरुप फारम भर्न पठाइएको बताए । ‘कोरोना संक्रमण बढेपछि पनि परीक्षा लिनुपर्ने नै अवस्था छ तर सबैलाई काठमाडौँ आउन सम्भव छैन् । त्यसैले मोफसलमा पनि परीक्षाकेन्द्र चलाउने गरी यो योजना अघि सारिएको हो,’ उनले भने ।

उनले परीक्षार्थीको विवरण आइसकेपछि परीक्षाकेन्द्र तोकिने र सम्भवत मिति पनि परिवर्तन हुने उनले जानकारी दिए ।

यसअघि काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग पनि लाइसेन्स परीक्षाका लागि अनुमति मागेको थियो । मन्त्रालयले आजै परीक्षा सञ्चालनका लागि निश्चित सर्त सहित अनुमति दिएको छ ।

कोरोना संक्रमण बढ्दो क्रममा रहेको र चिकित्सकहरु समेत संक्रमणमा पर्न थालेको अवस्थामा थप नयाँ चिकित्सक तत्काल काममा खटाउनुपर्ने भएको भन्दै काउन्सिलले लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो ।

मन्त्रालयको अनुमति पत्र यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *