गण्डकी प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित


काठमाडौँ, ४ साउन । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा २ जिल्लाका थप १२ जनामा कोरोना पुष्टि भएको हो । जसमा कास्की  र लमजुङका ६/ ६ जना पुरुष रहेका छन् ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३०२ पुगेको छ ।

जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *