काठमाडौँ भित्रिएका सर्वसाधारण १४ दिन ‘होम क्वारेन्टाइन’मा बस्नु पर्ने

8
Shares

काठमाडौँ, १० असार ।  गृह मन्त्रालयले पछिल्लो समय राजधानी भित्रिएका आम सर्वसाधारणलाई १४  दिन होम क्वारेन्टाइनमा बस्न निर्देशन जारी गरेको छ ।

कोरोना परीक्षण गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेले १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि लक्षण देखिएमात्रै परीक्षणमा आउन निर्देशन जारी गरेको हो ।

टेकु अस्पतालमा चाप बढेपछि स्वास्थ्यले आम सर्वसाधारण र सरोकारवालाई यसअघि नै अपिल गरेको थियो तर त्यसको सुनुवाई नभएपछि गृहको साथ लिएको हो ।

गृह मन्त्रालयले मंगलबार उपत्यकास्थित तीनवटै प्रशासन कार्यालयलाई परिपत्र गर्दै सोही अनुसार व्यवस्था मिलाउन भनेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बाहिरी जिल्लाबाट आउनेको हकमा १४ दिन घरमै क्वारिन्टिनमा बस्नुपर्ने र त्यसपछि संक्रमणको लक्षण देखिएमात्रै जनस्वास्थ्य प्रयोगशालामा सम्पर्क गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको बताए ।

भारतबाहेक तेस्रो मुलुकबाट आउनेलाई भने राजधानीमा होल्डिङ सेन्टरमा राखेर त्यहीबाट सम्बन्धित प्रदेश हुँदै जिल्लाबाट स्थानीय तहका क्वारिन्टिनमा लैजाने व्यवस्था गरिएको छ ।

असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो । त्यसलाई मध्यनजर गरेर मंगलबार स्वास्थ्यको सिफारिसमा गृहले १४ दिन अनिवार्य होम क्वारिन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

असार १ गतेबाट लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट मानिस आउनेको चाप बढेको छ । बाहिरबाट आउनेको चापले प्रयोगशालामा परीक्षण गराउन जानेको संख्या पनि बढेको हो ।

कतिपय घरवेटीहरुले पीसीआर परीक्षण पछि मात्रै घरमा छिर्न दिने अडान लिएपछि आम सर्वसाधारणहरु परीक्षणका लागि टेकु पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *