सुदूरपश्चिम प्रदेशमा तीन हजार ९१७ र प्रदेश नं १ मा ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

धनगढी, ३ वैशाख । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी रहेको जानकारी दिए। प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।
मङ्गलबारसम्म दुई हजार ५२० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना सङ्कलनमा ९७६ को नतिजा नेगेटिभ आएको छ भने एक हजार ५३९ को नतिजा आउन बाँकी छ । यही पद्धतिबाट नमूना सङ्कलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना सङ्क्रमितका पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।
यस्तै आरडिटी पद्धतिबाट दुई हजार ९४१ को नमूना सङ्कलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौँबाट आएको टोलीले सङ्कलन गरी लगेको थियो ।
प्रदेश नं १ मा ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
प्रदेश नं १ मा कोरोना भाइरसका शङ्कास्पद बिरामीको मङ्गलबारसम्म गरिएको परीक्षणमा ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाब (पिसिआर)प्रविधिअन्तर्गत ४६ महिलासहित २५१ जनाको परीक्षण गरिएकामध्ये ४० महिलासहित २३९ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलको सूचना डेस्कले जनाएको छ ।
थ्रोट स्वाब सङकलन गरेकामध्ये १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसैगरी र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) अन्तर्गत मङ्गलबारसम्म गरिएको परीक्षणमा ४०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीअन्तर्गत ५६ महिलासहित ४०२ को रगत परीक्षण गरिएको सूचना डेस्कले जनाएको छ । प्रदेशमा रहेको क्वारेन्टाइनमा आजसम्म बस्नेको सङ्ख्या ५३८ जना भएको छ । त्रिपन्न जना घर फर्केका छन् । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


