बीएण्डसी मेडिकल कलेजले भन्यो, ‘हामी बिरामीको उपचारमै तल्लिन छौँ, कसैलाई फर्काएका छैनौँ’

212
Shares

झापा, २० चैत । बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ अस्पतालले आफूकहाँ आएको बिरामी उपचार नगरी फर्काएको भन्ने आरोपको खण्डन गरेको छ ।

अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मी कोडिभ – १९ को जोखिमका बावजुत रातदिन विरामीको सेवामा खटिएको र खटिरहने भन्दै भ्रममा नपर्न सबैसंग आग्रह गरेका छन् ।

उनले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा वीएण्डसीको नाम जोडेर केही भ्रामक खवर प्रचार गरिएको भन्दै यदि आफूहरुबाट प्रचार गरिएजस्तो भए छानवीन गरी कार्वाह ी गर्न समेत चुनौती दिएका छन् ।

विएण्डसीको विज्ञप्ती यस्तो छ

विज्ञप्ती
यतिवेला कोभिड – १९  भाइरसले विश्व आक्रान्त छ । यो माहामारीको समयमा सरकार र स्वास्थ्य सेवा संवेदनसिल बन्ने र आ आफ्नो क्षेत्र वाट अतुलनिय योगदान दिने समय हो । यस विषम परिस्थितिमा नेपालकै एकमात्र मात्र सुविधा सम्पन्न नमुना तथा अत्याधुनिक विएण्डसी टिचिड्ग हस्पिटलको पनि विशेष भुमीका रहन्छ ।

हामी र हाम्रो यस संस्था जहिले देस र जनता प्रति समर्पित रहेको छ । यो समयमा यसभन्दा अघि नै यस मात्र सुविधा सम्पन्न नमुना तथा अत्याधुनिक विएण्डसी टिचिड्ग हस्पिटल आवस्यक्ता महसुस गरे सरकार लाइ नै जिम्मा दिने समेत यसभन्दा अघि नै अवगत गराइसकेको छ ।

यस्तो अवस्थामा यस हस्पिटल प्रतिको विश्वास र सेवा लाई अलिकति पनि कमि हुन नदिन हामी र हाम्रो सम्पुर्ण टिम कटिवद्ध भएर लागि परिरहेको छ ।

अस्पताल २४ सै घण्टा खुल्ला रहेको र सवै डाक्टर र स्वास्थ्यकर्मीहरु जोखिमको विचमा काम गरिरहनु भएको छ । यस अस्पताल वाट हालसम्म कुनै पनि विरामीलाइ नर्काइएको र कसैप्रति भेदभाव नगरेको स्पष्ट गराउन चाहान्छौ । यदि कसैको केहि गुनासो भए सोझै अस्पताल प्रशासनमा उजुरी गर्न अनुरोध गर्दछौ ।

यदि यस्ता कुनै आरोप प्रमाणीत भए अस्पताल प्रशासनले छानविन गरि कारवाहि गर्ने समेत स्पष्छ पार्न चाहान्छौ । तर कृपया नियतवस पुर्वाग्रहि भएर भ्रमात्मक प्रचार नगिरदिन समेत अनुरोध गर्दछौ ।

केहि संचारमाध्यम र समाजिक संजालमा यस सस्थाको विषयमा गलत र भ्रमात्मक समाचार लेखिएको प्रति हाम्रो गंभिर ध्यानआर्कसण भएको छ ।

उपचारका लागि यस हस्पिटलमा हाल सम्म आउनुभएका केहिपनि नफर्किएको र उपचार गर्न अस्विकार नगरेको जानकारी गराउँछौ । अन्य अस्पताल र स्वास्थ्य संस्थामा भएगरेका केहि उपचार र घटनालाइ यस अस्पतालसँग नजोड्न समेत सवैमा आग्रह गदछौ ।

कार्यकारी निर्देशक
दुर्गा प्रसाई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *