दुवईबाट धनगढीसम्म यसरी पुगे कोरोना भाइरस संक्रमणमा परेका चौथो व्यक्ति

700
Shares

काठमाडौँ, १५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बेलुका सेती प्रादेशिक अस्पताल धनगढीको क्वारेन्ट रहेका ३४ बर्षीय एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको सार्वजनिक गर्यो । मन्त्रालयले दुवईबाट केही दिन अघि आएका ती व्यक्ति ११ चैतमा अस्पतालको क्वारेन्टाइनमा पुगेको जानकारी दिएको थियो ।

तर धनगढीका एक स्थानीय पत्रकारसंग संक्रमित व्यक्तिले दुवईबाट धनगढीसम्मको यात्रा जानकारी गराएका छन् । नवराज धानुकसंग आज विहान गरेको टेलिफोन सम्वादमा संक्रमित व्यक्तिले आफ्नो यात्रा यसरी सुनाए ।

यस्तो छ उनले सुनाएको यात्रा विवरण  :
म र एक जना विराटनगरको साथी गत २० मार्च (७ चैत)का दिन विहान साढे ४ बजेको फ्लाइटमा दुवईबाट इमिरेटस एयरलाइन्सको विमानबाट भारतको दिल्लीका लागि उड्यौँ । दिल्लीमा हामी विहानको ८ बजे तिर अवतरण गरेका थियौँ । दिल्लीमा करीब ६ घण्टा ट्रान्जिट थियो ।

दिउसो तीन बजे तिर दिल्लीबाट विस्तारा एयरलाइसको उडानबाट काठमाडौँका लागि उडियो । अपरान्ह साढे चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिएँ ।

काठमाडौँ ओर्लिईसकेपछि मैले भाइ (मामाको छोरा) लाई बोलाएँ । अनि व्याग तथा लगेजहरु मामाको घरमा राखेँ र टिकट लिन जानुपरयो भनेर बसपार्क गएँ । टिकट पाइएन । त्यसपछि त्यो दिन मामाको घरमै सुतेँ । गाडी नपाएपछि प्लेनबाट जानुपरयो भनेर टिकट खोजेँ ।

धनगढीको टिकट पाइएन् । त्यसपछि नेपालगञ्जको टिकट काटेँ । भाइले मलाई एयरपोर्टसम्म छोडिदियो । २१ तारिख अर्थात ८ चैत शनिबार दिउसो १२ बजेको बुद्ध एयरको उडानबाट म नेपालगञ्जका लागि उडेँ ।

नेपालगगञ्ज ओर्लिएपछि एयरपोर्टबाट अटो रिर्जव गरेर कोहलपुरसम्म पुगेँ । कोहलपुरबाट अत्तररियासम्म हाइसमा आएँ । अत्तररियाबाट वीन्गरबाट धनगढी चौराहासम्म आएको हुँ ।

घरमा आएपछि म परिवारसंग मात्रै भेटघाटमा छु । त्यसपछि बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा बस्न भनियो । म यो अस्पतालमा आएर क्वारेन्टाइनमा बस्न थालेको हुँ ।

मैले हिजो मात्रै कोरोना भाइरस पोजेटिभ भएको थाह पाएँ । त्यसपछि घरतिर र मेरो विराटनगरको साथीलाई पनि भनेको छु । मामा घर तिर पनि भनेको छु ।

अहिलेसम्म मलाई स्वास्थ्यमा कुनै समस्या वा लक्षण देखिएको छैन् । तर पोजेटिभ देखिइसकेपछि मन अलि अर्र्कै हुँदो रहेछ । मेरो परिवार पनि अहिले त क्वारेन्टाइनमा बसि सकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *