आतंककारी समूह आईएसआईएसले भन्यो, ‘युरोपमा आक्रमण गर्नु अघि कोरोनाभाइरसको ख्याल गर्नु’

516
Shares

एजेन्सी ।आतंककारी समूह इस्लामिक स्टेट (आईएसआईएस)ले आफ्ना लडाकुलाई युरोपका शहरहरुमा  आक्रमण गर्नु अघि कोरोना भाइरसको संक्रमणको ख्याल गर्न भनेको छ ।

उसले अहिले सकेसम्म युरोप नछिर्न भन्दै छिरिहालेको भए कोरोना भाइरसको ख्याल गर्न तथा सतर्कता अपनाउन आफ्ना सदस्यलाई निर्देशन दिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

आईएसआईएसले आइतबार अल नबा बुलेटिन मार्फत आफ्ना लडाकुलाई जारी गरेको ट्राभल एडभाईजरीमा महामारीग्रस्त युरोपका देशमा अहिले सकेसम्म नछिर्न भनेको छ । अहिले महामारीग्रस्त मुलुकमा नछिर्नु । छिरिसकेको भए सुरक्षित रहनु, त्यही ठाँउमा रहनु, फर्केर नआउनु । यसले स्वस्थ मान्छेलाई अस्वस्थ बनाउनसक्छ । उसले बुलेटिनमा आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।

यस्तै स्यानिटाइजरको प्रयोग गर्न मास्कको प्रयोग गर्न, नियमित रुपमा हात धुन समेत आफ्ना लडाकुहरुलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)ले दिने गरेको निर्देशन आफ्ना लडाकुलाई दिएपनि आइएसआईएसले त्यो डव्लुएचओको निर्देशन दिएको नभई पैंगम्बर मोहम्मदको निर्देशन पालना गरेको बताएको छ ।

केही बर्ष अघिसम्म युरोप, मध्यपूर्व र अमेरिकी देशमा तहल्का मच्चाएको आईएसआईएसको पछिल्ला दिनमा गतिविधि सुस्ताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *