डा. बुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद्को सदस्य पदमा मनोनित

1.7k
Shares

काठमाडौँ, ३० फागुन । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ गण्डकी प्रदेश विकास परिषद्को सदस्य पदमा मनोनित भएका छन् ।

गत बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उनलाई विकास परिषद्को सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

चापाकोट नगरपालिका स्याङ्जाका स्थायी बासिन्दा डा श्रेष्ठ युवा उद्धमीको रुपमा परिचित छन् । उनी पछिल्लो समय शैक्षिक, राजनीति र सामाजिक क्षेत्रमा समेत  बढी संक्रिय छन् ।

प्रदेश सरकारको निर्णयपछि डा श्रेष्ठले आफूले गर्नुपर्ने कामलाई इमान्दारिताका साथ निभाउने प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *