नर्सिङ लाइसेन्सको मोलमोलाई प्रकरण : परिषद् भन्छ छानविन शुरु गरि सक्यौँ

200
Shares

काठमाडौँ, २९ फागुन । नेपाल नर्सिङ परिषद्ले नर्सिङ अनुमतिपत्रका लागि भएको मोलमोलाइबारे आवश्यक छानबिन भइरहेको जनाएको छ ।

परिषद्का रजिष्ट्रार बिन्दा घिमिरेले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले सञ्चालन गर्ने नर्सिङ अनुमति परीक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा मोलमोलाइ गरेको समाचारका सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको र वास्तविकताबारे छानबिन गरिरहेको बताइन् ।

“सदस्यले लिखितरूपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक आइडी’ बनाएर आपराधिक समूहले सो काम गरेको परिषद्लाई जानकारी गराउनुभएको छ”, विज्ञप्तिमा उनले भनेकी छन्, “फेक आइडी बनाउने समूहको पहिचान गरेर कानूनी कारवाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानबिन गरिरहेको छ ।”

उनले प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नभई परीक्षा निष्पक्ष हुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेकी छन्।

परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संलग्नलाई छानबिनको दायरामा ल्याएर कडा कानूनी कारवाही गर्न समेत उनले सरकारसँग माग गरेकी छन् । रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *