हेल्थ डेस्कले आईसोलेसनमा पठाएको व्यक्तिलाई अस्पतालले फिर्ता गरेपछि…

काठमाडौँ, २९ फागुन । मंगलबार दिउसो एयर इन्डियाको उडानबाट एक नेपाली भारतको दिल्लीबाट काठमाडौँ आईपुगेँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले अरु यात्रुलाई जस्तै गरी उनलाई पनि  इन्फाइराइड थर्ममिटरबाट तापक्रम जाँच गरे ।

उनको १०० डिग्री भन्दा माथि देखियो ।

स्वास्थ्यकर्मीहरुले अरु यात्रुको समूहबाट तत्कालै अलग गरे ।

तत्काल एम्बुलेन्सलाई खबर गरे । उनलाई एम्बुलेन्स मार्फत सुरक्षित रुपमा पाटन अस्पतालको आइसोलेसन वार्डमा पठाए ।

पाटन अस्पतालमा पुगिसकेपछि आइसोलेसन वार्डमा तोकिएका चिकित्सकहरुले उनको ट्राभल हिस्ट्री लिईसकेपछि थप परीक्षण अघि बढायो । केही समय पछि उनको प्रारम्भिक परीक्षणको रिपोर्ट आयो र त्यसैको आधारमा चिकित्सकहरुले उनलाई कोरोनाको आशंका गरेनन् र उनलाई फिर्ता गरिदिए ।

हेल्थ डेस्कबाट सिधै पाटन अस्पताल पुरयाइएका उनी केही घण्टा पछि पुन विमानस्थलमा पुगे । किनकी उनी अध्यागनबाट पनि विदा हुनै थिए ।

झोक्किदै हेल्थ डेस्कमा पुगेका उनले स्वास्थ्यकर्मीसंग २०० रुपैयाँ मागे । मैले ट्याक्कसी लिएर आएको छु । तर म संग भएको पैसाले पुगेन । तपाईँहरुकै कारणले म पाटन पुग्नु परयो । खै झिक्नुस् २०० रुपैयाँ !  पैसा माग्न थालेपछि एकछिन त हेल्थ डेस्कका कर्मचारी पनि अलमलमा परे । तर उनले अडानबाट पछि नहटेपछि २०० रुपैयाँ दिएर पठाए ।

हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले डव्लुएचओले तोकेको मापदण्ड अनुसार नै हेल्थ डेस्क चलेको र तापक्रम बढी देखिनासाथ कुनै पनि रिस्क नलिएर सिधै आइसोलेसनको लागि तोकिएका अस्पताल पठाउने आफूहरुको नीति रहेको बताए । ‘बुधबार पनि भएको त्यहि हो । एक जना यात्रुको तापक्रम बढी भएपछि हामीले पाटन पठाएका थियौँ । तर कोरोनाको आंशका गर्ने अन्य सूचकहरु देखिएनछ । त्यसैले उसले फिर्ता पठाएछ ।’

उनले संकास्पद विरामीहरुलाई अस्पताल पठाउनु आफूहरुको दायित्व रहेको तर चिकित्सकसंग पनि थप परीक्षण गरी अस्पतालमा राख्नुपर्ने वा नपर्ने भन्ने निर्णय गर्न सक्ने अधिकार रहने भएकोले त्यस अनुसार स्वभाविक कार्य भएको टिप्पणी गरे ।

पछिल्लो समय विमानस्थल हेल्थ डेस्कले संकास्पद विरामीलाई टेकु र पाटन अस्पताल पठाउने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *