बर्दिया : बर्थिङ सेन्टर स्थापना

156
Shares

बर्दिया, ९ फागुन । गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।

सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरुपमा उद्घाटन गरे। मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता हटेको सदस्य शर्माले बताए ।

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख यादवले यस क्षेत्रमा भएको स्वास्थ्यचौकीलाई अझ प्रभावकारी बनाउन गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार विस्तार गर्ने बताए ।

मोहम्मदपुर स्वास्थ्यचौकी प्रमुख कुलबहादुर विष्टले प्रसूति केन्द्र स्थापना भएसँगै दक्ष जनशक्तिको अभावलाई समाधान गर्न प्रदेश सरकार र नगरपालिकालाई आग्रह गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *