डा. गोविन्द केसीसंगको सम्झौँता इमान्दारिताका साथ कार्यान्वनय हुनुपर्छ : उपप्रधानमन्त्री यादव
काठमाडौँ, ९ माघ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री डा गोविन्द केसीसंग भएका सम्झौँता इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले आफू पनि आन्दोलनबाटै उदाएको भन्दै सरकारले गरेको सम्झौँताको कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार अन्तरक्रिया बोल्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति आवश्यकता परेको भन्दै थप मेडिकल कलेजहरु खोल्नुपर्ने पक्षमा आफू रहेको बताए ।
‘मेडिकल शिक्षा अध्ययन्का लागि अर्वौ रकम बाहिरिएको छ । त्यसलाई रोक्नका लागि थप मेडिकल इन्स्टिच्युटहरुको जरुरी पर्छ । अहिले हामीलाई नै पनि धेरै जनशक्ति आवश्यकता छ । त्यसैले थप संस्था चाहिन्छ,’ उनले भने ।
मन्त्री यादवले आफू आन्दोलनबाटै आएको र भोलि पनि फेरी आन्दोलनमा जानुपर्न सक्ने भन्दै भएका सम्झौँताको इमान्दारिपूर्वक कार्यान्वनय हुनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका हुन् । उनी भन्छन्, ‘के थाह भोलि फेरी हामी पनि आन्दोलनमा पो जानुपर्छ कि ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष परिस्थितिमा गरिएको सम्झौँता हुवहु कार्यन्वयन हुन नसक्ने भनेका बेला उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पछिल्लो छ महिनामा मन्त्रालयले गरेको कार्यको विवरण प्रस्तुत गरेकी थिइन ।
सम्पर्क इमेल : [email protected]