जनस्वास्थ्य संघको प्रदेश कमिटि निर्वाचनमा ६२ प्रतिशत मत खस्यो
काठमाडौँ, २१ पुस । नेपाल जनस्वास्थ्य संघको आज सम्पन्न प्रदेश कमिटि निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । कुल १ हजार ७३३ मतदातामध्ये १ हजार ७७ (६२.१५ प्रतिशत) मत खसेको हो ।
निर्वाचन विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म चलेको थियो । निर्वाचन अधिकृत डा खगेश्वर गेलालका अनुसार आजको निर्वाचनमा सबैभन्दा बढी मत काठमाडौँ केन्द्रमा खसेको छ । काठमाडौँ केन्द्रमा ५३२ भोट खसेको छ । त्यसपछि बढी मत प्रदेश नम्बर १ मा खसेको छ । त्यहाँ १३० भोट खसेको ।
प्रदेश नम्बर २ मा ९० मत, प्रदेश नं ३ को हेटौँडा केन्द्रमा ४७, गण्डकी प्रदेशमा ११७ मत, प्रदेश नम्बर ५ मा ८३ मत, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा ६९ मत खसेको छ ।
कुल ११ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशले आफ्ना लागि निर्विरोध कमिटि बनाइसकेको छ । त्यहाँबाट अन्य प्रदेशमा मत हाल्न चाहेका ९ जना जनस्वास्थ्य कर्मीले मात्रै मत हालेका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ