सुझावका लागि संरचनाको खाका तयार गर्दै स्वास्थ्य सम्बद्ध ट्रेड युनियन
काठमाडौँ, १५ पुस । यथास्थितिमा समायोजन अध्यादेश नमान्ने घोषणा गरेका स्वास्थ्य सम्वद्ध ट्रेड युनियनले संरचनाका विषयमा आन्तरिक छलफल गरेका छन् । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्ना असहमति र सच्याउनुपर्ने बुँदा भए उल्लेख गर्न भनेपछि ट्रेड युनियनहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखामा आज दिनभर ट्रेड युनियनका प्रतिनिधिहरु प्रस्तावित संरचनामा छलफल गरेका थिए ।
‘संरचनाका विषयमा हामीले विरोध गर्यौँ । मन्त्री ज्यूले असहमती र हुनसक्ने सहमतिका बुँदाहरु उपलव्ध गराउन भन्नु भयो । हामीले सोही अनुसार संरचनाको मस्यौँदा तयार गरेर दिँदैछौँ । यो मन्त्रालयका लागि हाम्रो सुझाव हो,’ नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्जल कुमार शर्माले बताए ।
गत शुक्रबार स्वास्थ्य सम्बद्ध ११ वटा संगठनले उपप्रधानमन्त्री यादवलाई भेटी यथास्थितिमा समायोजनमा नजाने बताएका थिए । उनीहरुले उपप्रधानमन्त्री यादव समक्ष ५ बुँदे माग समेत पेश गरेका थिए ।
सम्पर्क इमेल : [email protected]
god job ujjol sir.we are also with you.