शशी बंशी मोतिद्धत्त सेवा ट्रष्टद्धारा जनकपुरमा नि:शुल्क स्वास्थ्य शिविर

जनकपुर, २ मंसिर । श्री शशी बंशी मोतिद्धत्त सेवा ट्रष्टको आयोजनामा शुक्रबार जनकपुरस्थित महाराज सागर, सीतामाता सदन, महाराज सागर, जनकपुर धाम, जनकपुर उपमहानगर पालिका – ८, स्थित पगला बाबा धर्मशालामा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
उक्त शिविरमा ४२५ जना विरामी तथा सर्बसाधारणले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा हाडजोर्नी, नशारोग,मुटुरोग, रगत, नाक कान घाँटी र साधारण स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधि समेत बितरण गरिएको थियो ।
ट्रष्टका संचालक डा दीपककुमार दत्तले हाडजोर्नी सम्वन्धी विशेष सुई लगाई शिविरको उदघाटन गरिएको उक्त शिविरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थिति रहेको थियो ।

प्रेमपूर्ण सानुमैया असहाय सेवा कोषका प्रबन्धक समेत रहेका कर्माचार्यले सो अवसरमा विरामी उपचार र रक्तदानको महत्वबारेमा प्रकाश पारेका थिए ।
अब देखि बर्षेनी आयोजना हुने उक्त शिविरमा नेपाल स्वयंसेवी रक्तदाता समाज धनुषा जिल्ला शाखाद्वारा रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गरि रक्तदान कार्यक्रम समेत आयोजना गरिने सतक रक्तदाता कर्माचार्यले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ