डडेल्धुरा : अमरगढी नगरपालिका खोप सुनिश्चित नगर घोषणा

68
Shares

डडेल्धुरा, १ असोज । डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर घोषणा गरे ।

राष्ट्रिय खोप तालिकाअनुसार नगरका सबै बालबालिकाले एक वर्षभित्रमा खोप लगाइसक्नु पर्ने घोषणा गरिएको छ । जन्मेको १६ दिनदेखि २३ महीनाका सबै बालबालिकाले १५ महीना उमेरभित्र पूर्ण खोप लगाएको हुँदा नगरलाई पूर्ण खोप सुनिश्चित गरिएको अमरगढी नगरपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्य–सचिव लोकराज पनेरुले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *