सुर्खेत : दर खाँदा नौ बिरामी

196
Shares

सुर्खेत, २५ भदौ । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् ।

बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उनले जनाए। टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्था अहिलेसम्म सुधारमा नआएको बिरामीका आफन्त पूजा सुनारले जानकारी दिए ।

क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले फुड प्वाइजनका कारण यो समस्या आएको जानकारी दिए । बिरामी सबैको उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *