डेन्टल एशोसिएशनको नेतृत्वका लागि तीन जनाबीच चर्को प्रतिस्पर्धा

948
Shares

 

 

 

काठमाडौँ, २० भदौ ।  नेपाल डेन्टल एशोसिएशनको चुनाव शुरु हुन अब तीन दिन मात्रै बाँकी छ । उपत्यका बाहिरका दश स्थानमा २३ भदौ र उपत्यका भित्र ३० भदौका लागि मतदान गर्ने दिन तोकिएको छ ।

कुल १४४३ जना सदस्य रहेको एशोसिएशनको चुनाव पाँच पदाधिकारी र ४ जना सदस्य ९ वटा पदका लागि हो । तर, महासचिव र उपाध्यक्ष निर्विरोध भइसकेका छन् । बाँकी सात सिटका लागि १४ जनाको उम्मेद्धारी कायम छ ।

यसअघि दुई जनाको उम्मेद्धवारी परेको उपाध्यक्ष पदमा डा. हेमन्त हलुवाईले नाम फिर्ता लिएपछि अर्का उम्मेद्धवार डा.आशिष भट्टराई निर्विरोध भएका छन् । महासचिव पदमा भने शुरुमै डा. कुम्भराज जोशीको एक्लो उम्मेद्धारी परेको थियो । उनी उम्मेद्धारी दर्ता गर्ने बेलामै निर्विरोध घोषित भएका थिए ।

अध्यक्ष पदमा यसपटक तीन जनाको प्रतिस्पर्धा देखिएको छ । डा. सेन्छेमा लिम्बु, डा. प्रविन्द्र अधिकारी र डा. सुभित मास्के ।

डा. सेन्छेमा लिम्बु,

डा. लिम्बु कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा बालदन्त विभागकी एसोसिएट प्रोफेरस हुन् । डा.अधिकारी जनरल प्राक्टिसनर हुन् । उनले जाउलाखेलमा ३२ स्माइल क्लिनिक खोलेका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी डा. मास्के त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दन्त चिकित्सक हुन् । उनको विशेषज्ञता प्रोस्थोडोन्टिक्समा हो ।

तीनै जना उम्मेद्धारले कडा प्रतिस्पर्धाकाबीच आफूले बाजी मार्ने दावी गरेका छन् । उनीहरुले जितको आधार आफ्ना अजेण्डालाई मानेका छन् ।

‘हाम्रो देशमा दन्त स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरू छन्  । ती समस्याहरूलाई समाधान गर्न तयार भएर अघि बढेकाे छु,’ डा. लिम्बुले भनिन् । उनले मुख स्वास्थ्य नीति कार्यान्वय गर्नु र सरकारी संस्थामा डेन्टल डाक्टरको दरबन्दी मिलाउनु आफ्नो प्राथमिकता रहेको बताइन ।

डा. सुभित मास्के

अर्का प्रतिस्पर्धी डा. मास्केले डेन्टल डाक्टरको दरबन्दी देखि बजारमा भए गुणस्तरीय दन्त सेवासम्मको कुरा आफ्नो प्रमुख अजेण्डा भएको बताए । उनले भने, ‘यति धेरै डाक्टर उत्पादन भइसकेका छन् । तर सरकारले दरबन्दी खोल्न मानिरहेको छैन । मेरो एजेन्डा त्यसमा केन्द्रीत त छ त्यसबाहेक गुणस्तरीय दन्त सेवा हुनुपर्छ भन्ने अर्को मुख्य एजेन्डा हो ।’

डा. प्रविन्द्र अधिकारी

अर्का प्रतिस्पर्धी डा. प्रविन्द्र अधिकारी डेन्टल क्षेत्रमा बढदै गएको विकृतिलाई तथा अस्तव्यस्ततालाई हटाउने आफ्नो अजेन्डा भएको बताउँछन् । ‘हामीकहाँ रिफरल सिस्टम ठिक छैन, डाक्टर डाक्टर बीच नै पनि हार्दिकता छैन । डाक्टर बाहेकका व्यक्तिहरु धमाधम दन्त उपचारमा आइरहेका छन् । ती कुराहरुलाई पनि समेटनुपर्नेछ । मैले चुनावी अजेन्डा यिनै इस्युमा केन्द्रीत गरेको छु,’ डा. अधिकारीले भने ।

को को छन् उम्मेद्धार ?

कहाँ कहाँ हुँदैछ चुनाव ?

दुई चरणमा हुने चुनावमा उपत्यका बाहिरका १० स्थानमा आगामी २३ भदौमा हुनेछ । उपत्यकामा भने ३० भदौका लागि तोकिएको छ ।
एशोसिएशनको शाखा कार्यालयहरु रहेका धनगडी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, बीरगञ्ज, जनकपुर, धरान, विराटनगर र विर्तामोडमा २३ भदौमा हुनेछ ।

यो पनि पढ्नुहोस्……..

डेन्टल एसोशिएसनको निर्वाचनमा १६ जनाको उम्मेद्धारी, महासचिवमा डा. जोशी निर्विरोध

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *