दुबै मिर्गौला फेल भएका एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

56
Shares

दाङ, ८ भदौ । तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् ।

बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए ।

उनले भने “बुबा अपाङ्ग हुनुहुन्छ, घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन फुपूले भारतको लखनउ लग्नुभयो त्यहाँका चिकित्सकले रु तीन लाख लाग्छ भनेकाले आफू फर्केर आएको हूँ ।”
पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले पनि आर्थिक अभबकै कारण उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *