गैँडाकोटमा मलेरियाको संक्रमण

144
Shares

नवलपरासी, २२ साउन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता)पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो तीन सातायता तीन जनामा मलेरियाको संक्रमण देखापरेको छ ।

विभिन्न वडामा मलेरियाको संक्रमण देखा परेपछि आसपासका क्षेत्रमा करीब १५० जनाको नमूना रगत संकलन गरी परीक्षण गरिएको कार्यालयका तथ्यांक अधिकृत इन्द्र भण्डारीले जानकारी दिए। पछिल्लो पटक गैँडाकोटमा एक ब्रिटिश क्याप मन्दिर टोलमा छ वर्षीय बालिकालाई मलेरियाको संक्रमण देखापरेको थियो । त्यसपछि त्यस क्षेत्रका स्थानीयवासीको रगत परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय नगर स्वास्थ्य शाखाले जनाएको छ ।

मुगुबाट ६ महिना पहिला गैँडाकोट आएकी बालिकालाई मलेरियाको संक्रमण देखा परेको हो । यस अगावै गैँडाकोट–५ मा एकजना र गैँडाकोट–१८ रतनपुरमा एकजनामा मलेरिया संक्रमण देखा परेको थियो । गँैडाकोट–१ की बालिका मुगु र गैँडाकोट ५ र १८ का व्यक्ति भारतमा काम गरेर नेपाल आएका थिए ।

गैँडकोटमा मलेरियाको संक्रमण देखापरेपछि स्थानीयवासीलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता) पूर्व कार्यालयले सबैलाई आग्रह छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *