डेन्टल एसोशिएसनको निर्वाचनमा १६ जनाको उम्मेद्धारी, महासचिवमा डा. जोशी निर्विरोध
काठमाडौँ, २१ साउन । भदौको अन्तिम साता हुने नेपाल डेन्टल एसोशिएसनको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । कुल ९ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये महासचिव पदमा एक मात्रै उम्मेदवारी परेपछि सो पदमा उम्मेद्धार बनेका डा. कुम्भराज जोशी निर्विरोध निर्वाचित हुने भएका छन् । डा. जोशी कान्ति बाल अस्पतालमा चाइल्ड डेन्टिस्टको रुपमा कार्यरत छन् ।

एसोशिएनको निर्वाचन मण्डलका अनुसार अध्यक्ष पदमा डा. सेन्छेमा लिम्बु, डा. प्रविन्द्र अधिकारी र डा. सुभित मास्के गरी तीन जनाले उम्मेद्धारी दिएका छन् । उपाध्यक्षमा डा. हेमन्त हलुवाई र डा. आशिस भट्टराईको उम्मेद्धारी परेको छ । महासचिवमा डा. जोशीको एल्लो उम्मेद्धारी छ । यस्तै कोषाध्यक्षमा डा. अजयकुमार साह र डा. नसिव पाण्डेले उम्मेद्धवारी दिएका छन् । सहसचिवमा डा. जोन गुरुङ र डा. रविकुमार महतोले उम्मेद्धारी दिएका छन् ।
यसैगरी कार्यसमितिका ४ सदस्यका लागि छ जनाको उम्मेद्धवारी परेको छ । सदस्य पदमा उम्मेद्धारी दिनेहरुमा डा. सन्तोष अधिकारी, डा . गणेश साह, डा. सूर्यनारायण पुन, डा. इरु प्रजापति, डा. स्वेता सिंह र डा. कृष्णप्रसाद रेग्मी रहेका छन् ।
हरेक दुई दुई वर्षमा हुने निर्वाचनका लागि गत शनिबार उम्मेद्धारको नोमिनेशन थियो । दावी विरोध सकिएपछि हिजो आइतबार निर्वाचन मण्डलले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो ।
एसोशिएसनको निर्वाचन उपत्यका बाहिर २३ भदौमा र काठमाडौँ उपत्यकामा ३० भदौका लागि तोकिएको छ ।
कुल २६०० बढी डेन्टल डाक्टर भएपनि एसोशिएसनमा १४४३ जना सदस्य छन् ।
सम्पर्क इमेल : [email protected]
One thought on “डेन्टल एसोशिएसनको निर्वाचनमा १६ जनाको उम्मेद्धारी, महासचिवमा डा. जोशी निर्विरोध”