स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ, १३ असार । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले स्वच्छ भोजन, स्वच्छ पानी र स्वच्छ जीवनयापनले मानिसलाई रोग लाग्नबाट बचाउने भएकाले स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएकाले त्यसमा गुणस्तर र सहज पहुँचका लागि आवश्यक तयारी गरिने बताए ।

जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन दक्ष जनशक्तिको व्यवस्थापन, सहज पहुँच र औषधि व्यवस्थापनका लागि सरकारबाट प्रभावकारी कदम चालिनुपर्ने आवश्यकता रहेकामा जोड दिँदै उहाँले प्रत्येक वडामा अस्पताल पु¥याउने सरकारको लक्ष्य पूरा हुने बताए। उनले १५ श्यया सम्मको अस्पताललाई स्थानीय तहबाट व्यवस्थापन गर्ने र प्रादेशिक तथा केन्द्रीय अस्पतालको अवधारणाका साथ सरकार अघि बढेकाले स्वास्थ्य सेवा आगामी दिनमा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

मन्त्री यादवसँग सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, सुरिताकुमारी गिरी, डा सूर्यप्रसाद पाठक लगायतले थप स्पष्टीकरण मागेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा : स्वास्थ्यमन्त्री यादव

  1. Respected sir
    Most humbly and respectfully i beg to state that. We known the blindness of people more in our country. Please see the blind and work on eye patient. Please announce the optometrist vacancy to control blindness of people in our country. Which is fact any party government work on eye. I requested to you announce the vacancy of optometry to control blindness of people in our country.

Leave a Reply

Your email address will not be published. Required fields are marked *