५९ जना विशेषज्ञ चिकित्सक करार नियुक्तिका लागि सिफारिस (नाम सूची सहित)

काठमाडौँ, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तरबार्ता तथा सिफारिस समितिले विभिन्न समूहका ५९ जना विशेषज्ञ चिकित्सक( नवौँ तह) लाई करार नियुक्तिका लागि सिफारिस गरेको छ ।

यो संख्या मन्त्रालयको माग संख्याको ५२ प्रतिशत मात्रै हो । मन्त्रालयले गत २४ बैशाखमा सूचना प्रकाशित गरी विभिन्न समूहका ११३ वटा दरबन्दीमा नियुक्तिका लागि दरखास्त आवहान गरेको थियो ।

मन्त्रालयले गत असार १ देखि ३ गतेसम्म अन्तरबार्ता लिएर चिकित्सक छनौट गरेको जनाएको छ । मागिएका विभिन्न समूहमध्ये पेडियाट्रिक, कन्सलटेन्ट फिजिसियन, डर्माटोलोजिष्ट, गाइनोअब्स, रेडियोलोजिष्ट आदि उपसमूहमा कम छनौट भएको छ ।

तर कन्सलटेन्ट अर्थो पेडिक सर्जनमा भने मागिएको भन्दा बढी दरखास्त परेको छ । त्यसैले अन्तरबार्ताका लागि आएका केहीलाई बैकल्पिक सूचीमा राखिएको छ ।

के मा कति ?

को को परे नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *