मेचीमा आँखाको नानी सङ्कलन

काँकडभिट्टा, १९ जेठ । मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी सङ्कलन गरेको छ ।

मृतकबाट सङ्कलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन् । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना भट्टराईको देहान्तपछि आँखाको दुवै नानी निकालेर आँखा बैङ्कमा पठाएको छ ।

भट्टराईले जीवित हुँदा नै काठमाडौँको तिलगङ्गा आँखा अस्पतालमा आँखा दान गरेकी थिइन् । अस्पतालका स्वास्थ्य प्राविधिक पुष्प अधिकारी र सहयोगी होमप्रसाद धितालले कन्काई घाटमै पुगेर मृतकको आँखाको नानी निकालेका हुन् ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *