मोरङ : जङ्गली च्याउ खाँदा तीन बिरामी

विराटनगर,१७ जेठ । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *