नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन २४ र २५ जेठमा

काठमाडौँ, १७ जेठ । नेपाल स्वास्थ्यकर्मी संघका सह अध्यक्ष ओमप्रसाद उपाध्यायले आउँदो अधिवेशनमा आफू अध्यक्ष पदमा उम्मेद्धारी दिने बताएका छन् ।
संघीय संरचनामा मुलुक अघि बढीरहँदा स्वास्थ्यकर्मीको मर्यादित व्यवस्थापन हुन नसकेको, संघको भौतिक संरचनामा समेत उल्लेख्य सुधार हुन नसकेको भन्दै आफूले उम्मेद्धारी दिन लागेको बताएका हुन् ।
नेपाली कांग्रेस नजिकका स्वास्थ्यकर्मीहरु आवद्ध यो संघको अधिवेशन आगामी २४ र २५ जेठमा काठमाडौँमा हुँदैछ । त्यसका लागि प्रतिष्ठान, स्थानीय तथा जिल्ला अधिवेशन सम्पन्न भई प्रतिनिधि समेत छनौट भइसकेका छन् ।
उपाध्यायले आफू स्वास्थ्यकर्मीहरुको हक हितका लागि विगत देखि नै क्रियाशिल रहेको भन्दै नेतृत्वमा दावी गरेको बताए ।
‘नेतृत्वमा उम्मेद्धारी दिदै गर्दा मेरा केही एजेन्डा छन्, अहिले संघ प्रदेश र स्थानीय तहमा भएका स्वास्थ्यकर्मीको व्यवस्थापन पदस्थापन वा समायोजन मर्यादित बनाइनेछ,। यस्तै संघको भवन निर्माण शुरु हुनेछ । कल्याणकारी कोष तथा स्वास्थ्यकर्मीको सन्तती उपचार, अध्ययन छात्रबृत्ति लगायतका व्यवस्थाका लागि यथोचित पहल हुनेछ,’ उपाध्यायले सम्छिप्त रुपमा आफ्ना एजेन्डा प्रस्तुत गरे ।
सम्पर्क इमेल : [email protected]