संस्थागत सुत्केरी साढे २ प्रतिशत, अस्थायी साधन प्रयोगदर ४ प्रतिशतले बढ्ला ?

काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक बर्षमा संस्थागत प्रसूति साढे २ प्रतिशतले बृद्धि हुने अपेक्षा गरेको छ । चालु आर्थिक बर्षको तथ्यांकले ५७.४६ प्रतिशत गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाने देखाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७५/७६ को बजेटका अपेक्षित उपलव्धी सूचकमा स्वास्थ्य क्षेत्रका सो कुरा उल्लेख छ । सूचकमा भनिएको छ, आगामी आर्थिक बर्षको अन्त्यसम्ममा स्वास्थ्य संस्थामा गई प्रसूति लिनेको संख्या ६० प्रतिशत पुग्नेछ ।

यस्तै परिवार नियोजनको आधुनिक साधनको प्रयोग दर ४ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । चालु आर्थिक बर्षमा यसको प्रयोगदर ४३ प्रतिशत मात्रै छ । आगामी आर्थिक बर्षको अन्त्यसम्ममा यसको प्रयोगदर ४७ प्रतिशत पुग्ने बताइएको छ ।

मन्त्री डा खतिवडाले पेश गरेको अपेक्षित उपलव्धीमा चार पटक गर्भवती जाँच गर्ने दर ५८.८ बाट ६० प्रतिशत पुग्ने, स्वास्थ्यकर्मीद्धारा प्रसूति सेवा लिनको दर ५८ प्रतिशतबाट ६० प्रतिशत पुग्ने उल्लेख छ ।

यस्तै बालमृत्यु दर प्रतिहजारमा ३९ रहेकोकोमा त्यसलाई ३४ मा झार्ने, नवजात शिशु मृत्युदर प्रतिहजारमा २१ रहेकोमा त्यसलाई २० मा झार्ने उल्लेख छ ।

डा खतिवडाले निशुल्क मुटुरोग उपचार पाउनेको संख्या २८५० देखि ३९६५ पुग्ने अपेक्षित उपलव्धीमा पेश गरेका छन् । निशुल्क औषधिको प्रकार संख्या भने ७० मै यथावत राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *