सूर्तिजन्य पदार्थमा कर बढ्यो, चुरोटमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर
काठमाडौँ, १५ जेठ । सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ । आर्थिक बर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
उनले आजैका मिति देखि लागू हुने गरी चुरोटका उत्पादन र विक्रीमा प्रतिखिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लागू गरेको घोषणा गरेका छन् ।
‘मदिरा तथा सूर्तिजन्य पदार्थमा अन्तशुल्क बृद्धि गरेको छु । साथै आजैका मितिदेखि चुृरोटको उत्पादन र पैठारीमा प्रति खिल्ली पच्चिस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था गरेको छु,’ अर्थमन्त्री डा खतिवडाले बजेट भाषणमा भनेका छन् ।
सूर्तिजन्य पदार्थमा न्युन करका कारण नेपालमा यसको मूल्यमा कमी र उपभोगमा बृद्धि हुँदै आएको छ । उपभोगमा भएको बृद्धिका कारण नसर्ने रोगको जोखिम समेत बढदै गएको चिकित्सकहरु बताउँछन् ।
अहिलेसम्म सूर्तिजन्य पदार्थमा २८ प्रतिशतको हाराहारीमा कर लागेको छ ।
सम्पर्क इमेल : [email protected]