मानसिक रोग परामर्शबाट निको हुन्छ

काठमाडौँ, १८ वैशाख । मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताए।

“मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन”, उनले भने, “तीनलाई औषधिभन्दा बढी परामर्श आवश्यकता पर्छ । परामर्शबाट नै रोग निको हुने गर्दछ ।”

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको पाइएको छ ।

अध्यक्ष डा उपाध्यायले भने, “पुरुषभन्दा महिलाले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैरास्यता हुन्छ ।”

टाउको दुख्ने, छाती दुख्ने बिरामीलाई दिमाग बिग्रेकोजस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्तिमा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उनले एक प्रतिशतमात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिए।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको छ तर ६० प्रतिशत महिलालाई आफ्नै श्रीमान्ले परामर्श गरेर निको पार्न सक्छन् भने।

उनका अनुसार अहिले शिक्षण अस्पतालमा दैनिक सयजना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् भन्दै उनले ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको बताए ।

पुरुषमा कडा र महिलामा कम कडाखालको मानसिक रोग देखिने गरेको तर धामीझाँक्री वा झारफुकबाट यस्तो रोग निको नहुने त्यस बखत बताइएको थियो ।

केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिदै उनले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराए । अहिलेसम्म उक्तकेन्द्रबाट दुई हजार ७६० जनाले मनोपरामर्श पाएका छन् ।

बालमनोविद् मधुविलास खनालले विद्यालय तहदेखि नै के गर्दा गल्ती र के गर्दा सही हुन्छ भनेर सिकाउनुपर्ने बताउए ।

उक्त केन्द्रका अनुसार नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *