अस्पताल भवनको निर्माण कार्य अलपत्र

36
Shares

इटहरी, ३० चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन ।

उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमलब पाँच प्रतिशत कन्सल्टेन्सी बापतको रकम लिएको छ ।

अग्रिम रुपमा कन्सल्टेन्सी बापतको रु १४ करोड रकम भुक्तानी दिइसकिएको बताइएको छ । तर, भवन बनाउने कार्य भने अधुरो र अलपत्र छ । प्रतिष्ठानका उपकुलपति प्रा डा रौनियारले कन्सल्टेन्सी बापतको रकम भुक्तानी दिएर उक्त भवन निर्माणबापत विनियोजित रकममध्ये रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरेपछि भवन निर्माण कार्य अलपत्र परेको प्रतिष्ठानका जानकार पदाधिकारीहरुको आरोप छ ।

अस्पताल भवनको रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरिए पनि अन्तिममा त्यसको पनि सम्झौता रद्द गरिएपछि एमआरआई खरिद कार्य पनि अबरुद्ध भएको छ ।

दुई वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम भएको प्रारम्भिक अनुमान छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *