स्वास्थ्यको विवादित संरचना सच्याउन डा. प्याकुरेलको संयोजकत्वमा नयाँ समिति
काठमाडौँ, २५ चैत । सामान्य प्रशासन मन्त्रालयबाट पास भएर मन्त्रिपरिषदमा पुगेको स्वास्थ्य मन्त्रालयको संरचना सच्याइने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
सो समितिमा विभाग तथा महाशाखाका प्रमुखहरु सहित, चिकित्सक, नर्स, प्यारामेडिक्स, फार्मेसी, जनस्वास्थ्य लगायतका विभिन्न समूहबाट प्रतिनिधीहरु राखिएको छ ।’सच्याउनका लागि २७ गतेसम्मको समय सिमा तोकिएको छ । त्यसैले बैठक सोमबार दिउसो १२ बजेका लागि डाकिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
त्यसो त डा. प्याकुरेललाई स्वास्थ्य विभाग र राष्ट्रिय रोग नियन्त्रण केन्द्रको मात्रै नयाँ संरचना भनिएको छ । यद्धपी सो संरचना तयार गर्दै गर्दा मन्त्रालयको संरचना समेत सच्याएर पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संकेत गरेको छ ।
मन्त्रालयको संरचनामा विषयमा विवाद बढदै गएपछि सामान्य प्रशासन मन्त्री स्वास्थ्यकर्मीहरुले मुख्य सचिव, सामान्य प्रशासन मन्त्री र प्रधानमन्त्री कार्यालयसम्म विरोध प्रस्तुत गरिसकेका छन् । ‘त्यसैलाई सम्वोधन गर्न नयाँ समिति बनाइएको हो,’ स्रोतले भन्यो ।
प्रमुख विशेषज्ञ डा. प्याकुरेलले आफ्नो संयोजकत्वमा एउटा कमिटि बनेको भन्दै स्वास्थ्यलाई प्रभावकारी र विवादरहित बनाउने गरी आफूहरुले सुझाव दिने बताए । ‘स्वास्थ्य अरु जस्तो विषय होइन । अहिले यसका संरचनाका विषयमा असन्तुष्ठीहरु देखा परेका छन् । मेरो संयोजकत्वमा भएको कमिटिले ती सबै असन्तुष्ठीहरुलाई सम्वोधन गर्नेछ । एउटा राम्रो संरचना गठन हुनेछ,’ डा. प्याकुरेलले भने ।
सम्पर्क इमेल : [email protected]