सिंहदरबार भित्र चिकित्सक सहितको हेल्थ डेस्क सञ्चालनमा आउँदै

184
Shares

काठमाडौँ । सरकारले सिंहदरबार परिसरमा चिकित्सकसहितको हेल्थ डेस्क स्थापना गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा कार्यरत करीब ३ हजार कर्मचारीहरुको स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्थ डेस्क स्थापना गर्ने भएको हो ।

छैटौँ स्वास्थ्य सेवा दिवसको अवसर पारी भोलिबाट सञ्चालनमा ल्याउन लागिएको सो हेल्थ डेस्कमा तत्कालका लागि एक चिकित्सक, एक जना प्यारामेडिक्स तथा नर्स राख्ने तयारी छ ।

र, यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले बताए ।

‘यो हेल्थ डेस्कमा खासगरी कर्मचारीहरुको प्राथमिक उपचार गर्ने, रिफर गर्ने व्यवस्था हुनेछ । ठूला कार्यालय, स्कुलहरुमा स्वास्थ्यकर्मी तथा स्कुल नर्स राख्ने अवधारणा अनुरुप सिंहदरबार भित्र हेल्थ डेस्क राख्न लागिएको हो ‘ डा. श्रेष्ठले भने ।

स्वास्थ्य सेवा दिवस मनाउन गठित मुल आयोजक समितिका संयोजक रहेका मुख्य सचिव लोकदर्शन रेग्मीले हेल्थ डेस्कको प्रस्ताव गरेका थिए । सोही प्रस्ताव अनुसार स्वास्थ्यले डेस्क स्थापनाको तयारी गरेको हो ।

डा. श्रेष्ठले तत्कालका लागि दुईवटा कोठा लिएर हेल्थ डेस्क सञ्चालन गर्न लागेको भन्दै कोठाको खोजी भइरहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *